जसपा विवादमा निर्वाचन आयोगले दुवै पक्षसँग माग्यो सक्कल प्रमाण

३ साउन, काठमाडौं
निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको आन्तरिक विवाद सम्बन्धमा दुवै पक्षसँग सक्कल प्रमाण मागेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा आईतवार बिहान ११ बजेदेखि सुरु भएको इजलासले दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको छ । इजलासमा निवेदकको पक्षबाट बहस भएको छ ।

अर्को पक्षले जवाफ बहस शुरु गरेपछि इजलासले सक्कल प्रमाण झिकाउन आदेश दिएपछि उपेन्द्र यादव पक्षले कार्यकारिणी सदस्यहरुलाई बोलाएर सनाखत गर्न माग गरे । महन्थ ठाकुर पक्षले भने पुस २०७७ मा बसेको बैठकले नै कार्यसमिति सदस्यहरु हेरफेर गर्ने अधिकार ठाकुरलाई दिएको र त्यसअनुसार असारमा नयाँ कार्यकारिणी सदस्यहरुको बहुमत हेर्नुपर्ने बताएको नेता केशव झाले जानकारी दिए ।

‘इजलासमा पुनर्गठित कमिटीले विधिसम्मत तरिकाबाट निर्वाचन आयोगमा दर्ता भएको छ, यसै आधारमा प्रक्रिया अघि बढ्छ भनेको छ, नेता झाले भने, पुरानो कमिटीले हेडकाउण्टको माग राखेको छ ।’

झाले यस विषयमा निर्वाचन आयोगको इजलास सक्कली प्रमाण झिकाएर दुवै पक्षलाई खबर गरेपछि मात्रै पुनः बहस सुरु हुने र निष्कर्षमा पुग्ने नेता झाले बताए । जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले आधिकारिकता दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here