ज्ञवालीलाई रिजालको काउन्टर : अदालतले पदीय मर्यादा बिर्सनेलाई संवैधानिक सर्वोच्चता सम्झाइदियो

३ साउन, काठमाडौं
नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेकपा एमालेका नेताहरुलाई एउटा सिमाभित्र रहन अनुरोध गरेका छन् ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बोलेपछि आफ्नो धारणा राखेका रिजालले पार्टीका सभापति शेरबहादुर देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त नगरेको स्मरण गराए ।

‘मिलोमतोमा आफ्नो पदीय मर्यादा बिर्सेर काम गर्नेहरुलाई होईन, नेपालमा संविधान छ, संवैधानिक सर्वोच्चता छ भनेर सम्झाउने कोसिस मात्र गरेको होे डा. रिजालले भने ।

एउटा सिमाभित्र रहन उनले एमालेका नेताहरुलाई भने । ‘भर्खरै सत्ताबाट बाहिरीएका दलका नेताहरुलाई म अनुरोध गर्न चाहन्छु, अहंकारले सत्ता बाहिर पुर्याएको छ, धेरै नउड्ने पनि काम नगर्नुस्, धेरै तल पनि नजानुस्, एउटा सिमाभित्र बस्नुस् नत्र धेरै लामो छलाङ मार्न सकिन्न, लामो उडान हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here