श्रीमान पाँचबाट देउवा प्रधानमन्त्री : प्रदीप ज्ञवाली

पहिले श्री ५ बाट, अहिले श्रीमान् पाँचबाट नियुक्ती

३ साउन, काठमाडौं
नेकपा एमालेका पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले शक्ति पृथकीकरण खलबलाइदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको जारी दोस्रो बैठकमा बोल्दै एमाले सांसद ज्ञवालीले न्यायालयको भूमिकाप्रति असन्तुष्ट व्यक्त गरेका हुन् । ‘शक्ति पृथकीकरण खलबलियो, निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रीक र निरकुंश भनियो,  ज्ञवालीले भने –संविधानको अनाैठाे व्याख्या भयो । यसरी नेपालको लोकतन्त्र क्रोनिक हुनेछ भन्नेमा हामीलाई चिन्ता लागेको छ ।’

उनले संविधानको धारा ७६ (५) को व्याख्याप्रति पनि असन्तुष्ट व्यक्त गरे । ‘कहिँ कतै यो संविधानले हामीलाई निर्दलीय अभ्यास गर्ने छुट दिन्छ ? उनले प्रश्न गरे ।

प्रधानन्यायाधीससहित न्यायाधीसहरुको भूमिकाप्रति लक्षित गर्दै ज्ञवालीले भने –‘रेफ्री आफैले गोल हाने, आफै विजेता घोषणा गरिदिए, रेफ्रीले हानेको गोलबाट शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । उ बेला श्री ५ ले प्रधानमन्त्री बनाइदिएका थिए, अहिले देउवा श्रीमान् पाँचबाट प्रधानमन्त्री बन्नुभयो ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here