विश्वासकाे मत दिन प्रधानमन्त्री देउवाको आग्रह

३ साउन, काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका छन् ।

पुनस्र्थापित प्रतिनिधिसभाको दोस्रो वैठकमा देउवाले उपस्थित सांसदहरुलाई आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरुले धारणा राखिरहेका छन् ।

अहिले नेकपा एमालेका पार्टी प्रवक्ता समेत रहेका सांसद प्रदिप ज्ञवालीले आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट सदस्यहरुले विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिनेछन् र प्रधानमन्त्रीले उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ ।

त्यसपछि विश्वासको मत प्राप्त गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ । मत विभाजनपश्चात सभामुख अग्निप्रसाद सापकोटाले प्राप्त परिणाम सुनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here