३ साउन, काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
सांसद उमाशंकर अरगरियाले देउवालाई मत दिने निर्णय गरिएको जानकारी दिएका छन् । देउवाले आफूहरुको मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिएको भन्दै अरगरियाले विश्वासको मत दिने निर्णय गरेको बताए ।
यसअघि नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए ।