प्रतिनिधिसभाको दोस्रो बैठक सुरु, प्रधानमन्त्री देउवाले विश्वासको मत लिने

३ साउन, काठमाडौं
सर्बाेच्च अदालतबाट पुनस्र्थापित प्रतिनिधिसभाकाे दाेस्राे बैठक सुरु भएको छ। याे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएकाे याे बैठकमा सभामुखले प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रस्ताव राख्न समय दिएका छन्। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट सदस्यहरुले विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिनेछन् र प्रधानमन्त्रीले उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ ।

त्यसपछि विश्वासको मत प्राप्त गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ । मत विभाजनपश्चात सभामुख अग्निप्रसाद सापकोटाले प्राप्त परिणाम सुनाउनेछन् ।

यसअघि अपराह्न ४ बजेदेखि बसेकाे आठौं अधिवेशनको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाए ।

यस्तैगरी राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here