जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण

३ साउन, काठमाडौं
बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको गति परीक्षण गरिएको छ ।

आइतवार दिउँसो जयनगरबाट आएको भारतीय रेलले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म गति (स्पिड) परीक्षण र सर्टिफिकेसन गर्ने कार्य सम्पन्न गरेको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र भारतीय कोकर्ण कम्पनीका प्रतिनिधिले संयुक्त रुपमा निरीक्षण गरेपछि कुर्था रेल्वे स्टेशनमा पूजासमेत गरि लिकको स्पिड र सर्टिफिकेसनको काम गरिएको हो ।

६० प्रतिकिलो मिटरको स्पिडमा भारतीय डब्लु डिएम थ्रीडी नामको इन्जिन तथा दुईवटा मालबाहक डब्बासहित रेल आएको र १२० को स्पिडमा फर्किएको महाप्रबन्धक भट्टराइले जानकारी दिए । परीक्षणका क्रममा लिकमा कुनै समस्या नदेखिएको उनले बताए । परीक्षणको क्रममा लिक तथा स्टेसनहरूमा पर्याप्त सुरक्षाकर्मी तथा कर्मचारी खटाइएको थियो ।

अब रेल सञ्चालनका लागि जनशक्तिको कुनै समस्या नरहेको भन्दै नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले २ सय नेपाली जनशक्तिलाई तालिम दिई तयारी अवस्थामा राखिएको र भारतिय जनशक्तिसमेत तयारी अवस्थामा रहेको बताएका छन् ।

भारत सरकारको सहयोगमा ५ अर्ब ४८ करोड भारतीय रुपैयाँको लगानीमा पूर्वाधार निर्माण भइसकेको छ । सरकारले जिटुजी प्रक्रियामार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँमा भारतसँग खरिद गरेको दुई वटा रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेको थियो ।

जयनगरदेखि कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुनेछ । थप १७ किलोमिटर रेलमार्ग तयार गरी सञ्चालन गर्ने लक्ष्य भए नि कोरोनाका कारण काम प्रभावित भएको छ । कुर्था–जयनगर चल्ने रेलले १ हजार ३ सय यात्रु बोक्ने क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here