शेयर बजारमा उछालः नेप्से परिसूचक ९७ अंकले बढ्यो

११ अर्ब ६३ करोडको कारोवार

३ साउन, काठमाडौं
शेयर बजारमा आइतबार उछाल आएको छ । साताको पहिलो कारोवार दिन आइतबार सेयर बजारको कारोवार मापक नेप्से परिसूचकमा ९७ अंकको भारी बृद्धि भएको छ ।

नेप्से परिसूचक ९७.२१ अंकले हरियो हुँदै २९८०.६१ को विन्दुमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.५५ अंकले बढेर ५६०.९६ को विन्दुमा पुगेको छ ।

आईतबार साढे ११ अर्ब बढीको कारोवार भएको छ । कारोवार अवधिभर २२१ कम्पनीको ११ अर्ब ६३ करोड ८१ लाख २६ हजारको कारोवार भएको छ । २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर खदिरबीक्रि भएका छन् ।

सूचिकृत १३ वटै समूहगत उपसूचकमा हरियाली आएको छ । सबैभन्दा धेरै विकास बैंक समूह ५.०५ प्रतिशतले उकालो लागेको छ । यस्तैगरी बैंकिङ समूह ४.७१, माईक्रोफाइनान्स ३.५९, जीवन विमा ३.८१, म्यूचल फण्ड ३.३४, निर्जिवन विमा समूह ३.१५ प्रतिशतले बढेको छ ।

यस्तैगरी फाईनान्स समूहमा १.४ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.६५ प्रतिशत, जलविद्युत समूहमा १.५७ प्रतिशत, लगानी समूहमा १.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७२ प्रतिशत, अन्य समूहमा ०.९३ प्रतिशत र व्यापार समूहमा ०.९१ प्रतिशतको बृद्धि आएको छ ।

आइतबार मञ्जुश्री सबैभन्दा धेरै मञ्जुश्री फाईनान्स लिमिटेटले ४० करोड ९९ लाख ७५ हजारको कारोबार गरेको छ । यस्तैगरी नबिल बैंकले ३८ करोड ६३ लाख ११ हजार, अरुण भ्याली हाइड्रोपावरले ३७ करोड ६८ लाख ७ हजार रुपैयाँको कारोबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here