संघीय संसदका दुवै सदनको अधिवेशन सुरु

३ साउन, काठमाडौं
संघीय संसदका दुवै सदनको अधिवेशन सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सुरु भएको हो । आठौं अधिवेशनको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका छन् ।

यस्तैगरी राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाएका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए ।

यस्तै, राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् ।

संसदको आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here