३ साउन, काठमाडौं
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।
पार्टी एकताको लागि १० बुँदे सहमती निर्माणमा रावलले महत्वपूर्ण भुमिका खेलेका थिए । तर आफ्नै पक्षबाट असहयोग पाएको भन्दै रुष्ट उनले आइतबार सिंहदरबारमा भएको माधन नेपाल पक्षका सांसदहरुको भेलामा प्रतिनिधिसभा सदस्यबाटै राजिनामा दिएको घोषणा छन् ।
संसदमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ । एमाले नेता रावलले पार्टीको निर्णयबमोजिम देउवालाई विश्वासको मत दिनुभन्दा राजीनामा उपयुक्त देखेका बुझिएको छ ।
यसअघि काँग्रेस सभापति शेरबहादुर देउवालाई नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त माग गर्दै दायर गरिएको रिटमा उपाध्यक्ष रावलसहित एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए ।
रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।