३ साउन, काठमाडौं
नेकपा एमालेले प्रतिपक्षमा रहने निर्णय गरेको छ ।
एमाले स्थायी कमिटी बैठकले संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदहरू एमालेमा नरहने निर्णय गरेको छ ।
‘हामी सरकारलाई समर्थन गर्दैनौं, विश्वासको मतको विपक्षमा मतदान गछौं, बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘हामी प्रतिपक्षमा रहन्छौं ।’
वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेर पार्टी एकताको पक्षमा उभिन आग्रह गर्दा नमानेको भन्दै ज्ञवालीले जस्तोसुकै परिस्थिति आएपनि देउवालाई विश्वासको मत दिने सांसदहरु एमालेमा नरहने बताए ।
‘पार्टीलाई एकताबद्ध बनाएर अघि जाने पक्षमा उहाँलाई देखेनौँ, जस्तोसुकै परिस्थितीमा देउवाको पक्षमा मतदान गर्ने एमाले रहँदैनन्’ प्रवक्ता ज्ञवालीले भने ।