प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

३ साउन, काठमाडौं
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

पार्टी संसदीय दलको बैठकमा नेपाल पक्षलाई पनि देउवा नेतृत्वको सरकारमा सहभागी गराउने विषयमा समेत छलफल गरिएको नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रसँग हाल सभामुखबाहेक ४९ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here