निर्वाचन आयोगमा जसपा आधिकारीकताको बहस जारी

३ साउन, काठमाडौं
जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धमा अहिले निर्वाचन आयोगमा बहस चलिरहेको छ । अहिले अध्यक्ष ठाकुरको पक्षका अधिवक्ताहरुले बहस गरिरहेका छन् ।

जसपाका कार्यकारिणी सदस्य समेत रहेका अधिवक्ता लक्ष्मणलाल कर्णले बहस गरिसकेका छन् भने अधिवक्ताहरू सुरेन्द्र महतो, प्रकाश केसी, विजयकान्त न्यौपाने, ईश्वरी भट्टराई, केदार कोइराला र ओमप्रकाश सिंहले बहस गर्दैछन् ।

उपेन्द्र यादवको पक्षबाट अधिवक्ताहरु वीरेन्द्र ठाकुर, मिथलेस सिंह, महादेव यादव, हरिहर दाहाल, सुनिल पोखरेल, कृष्ण शर्मा, दीपक राई, मुक्ति प्रधानलगायत ११ जनाले बहस गरेका छन् ।

पार्टीको हरेक समितिमा बहुमत रहेको दाबी गर्दै उनीहरुले राजनीतिक दल सम्बन्धी ऐन अनुसार पार्टीका आधिकारिकता उपेन्द्र यादव पक्षले पाउनुपर्ने दाबी गरे ।

अधिवक्ताहरुले यादवको कार्यकारिणी, राष्ट्रियसभा र प्रतिनिधिसभामा समेत बहुमत रहेको दाबी गर्दै विश्वास नलागे हेड काउन्ट गर्न आग्रह गरेका छन् ।

आयोगले दुवै पक्षको बहस आजै सकिने सम्भावना रहेको जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here