संवैधानिक परिषद सम्बन्धी राष्ट्रपतिद्वारा अध्यादेश खारेज

३ साउन, काठमाडौं
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा जारी गरिएको उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी हुन् ।

ओलीले बोलाएको बैठकमा प्रमुख विपक्षी दलको नेता तथा सभामुख उपस्थित नभएपछि सरकारले प्रमुख विपक्षी दलको नेता अनुपस्थित रहेपनि बैठकले निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

रिक्त रहेका संवैधानिक निकायहरूमा नियुक्तिको बाटो खुलाउन तत्कालिन सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here