३ साउन, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
आइतबार बिहान जारी बुलेटिनमा बाढी पूर्वानुमान महाशाखाले निरन्तरको वर्षाका कारण केही नदीको स्तर बढ्न सक्ने भएकाले सचेतता अपनाउन आग्रह गरेको हो ।
सूचनामा उल्लेख भएअनुसार महाकाली, कर्णाली र नारायणीका साथै कोशी तिनाउ, पश्चिमराप्ती र बबइका सहायक नदीहरुको स्तर बढ्न सक्नेछ ।
निरन्तर वर्षाका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराईको भूभागमा पनि बाढीको सम्भावना रहेको महाशाखाको आँकलन छ ।
केही नदीमा सतर्कता तह आसपास पानी पुग्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र तथा डुवान भईरहने क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।