३ साउन, काठमाडौं ।
अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १ सय ३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरु बताएका छन् ।
शनिबार उनीहरुले दिएको जानकारीअनुसार यस प्राकृतिक प्रकोपबाट युरोपमा हालसम्म १ सय ५३ जनाको ज्यान गइसकेको छ ।
रिपोर्टहरुका अनुसार धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु भएको छ । साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ ।
जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ ।
यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए ।
नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् । (रासस)