छात्राहरुलाई साइकल वितरण

निरज यादव/प्रदेशपालिका
३ साउन, सर्लाही ।

मुख्यमन्त्री ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम अन्तर्गत प्रदेश छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

प्रदेश सांसद अशोक यादवको पहलमा शनिवार कौडेना गाउँपालिका ४ स्थित श्री जनता माध्यमिक विद्यालयका छात्राहरुलाई साइकल प्रदान गरिएको हो ।

कक्षा ९ मा पढ्ने ९३ छात्राहरुलाई साइकल प्रदान गरिएको यादवले बताए ।

साथै, कार्यक्रममा गाउँपालिकाल् उक्त विद्यालयलाई कम्प्युटर ल्याब सञ्चालनको लागि ४० वटा कम्प्युटर दिएको थियो । गाउँपालिकाले विद्यालयलाई एउटा÷एउटा प्रोजेक्टर र बोर्ड पनि हस्तान्तरण गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक नागेन्द्र प्रसाद यादवलाई गाउँपालिका अध्यक्ष रामप्रसाद यादवले ती सामग्री हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here