भरत तालमा डुबेर युवक बेपत्ता

निरज यादव/प्रदेशपालिका
३ साउन, सर्लाही ।

जिल्लाको बागमतीस्थित भरत तालमा डुबेर एक युवक बेपत्ता भएका छन् ।

साथीहरुसँगै तालमा माछा मार्न गएका बागमती नगरपालिका–१ बस्ने १८ वर्षीय सुशान्त थापा डुबेर बेपत्ता भएका हुन् ।

शनिवार अपरान्ह ४ बजेतिर तालमा डुबेर बेपत्ता भएका थापाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार थापासँगै अन्य ६ युवा पनि तालमा माछा मार्न गएका थिए ।

थापा बाहेक अरु युवा सकुशल बाहिर निस्किएका थिए । बागमती नगरपालिकाले १ सय २१ बिघा क्षेत्रफलमा ताल निर्माण गरिरहेको छ ।

बागमती नदीको पानी ल्याएर हालिएका कारण तालमा माछा मार्नका लागि स्थानीय पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here