मंगलबारसम्मै वर्षाको सम्भावना, यस्तो छ आगामी ३ दिनको मौसम

३ साउन, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार नेपालमा आगामी ३ दिनसम्म नै पानी पर्नेछ ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ साउन ३ गते (आइतबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
रातिः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ साउन ४ गते (सोमबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
रातिः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ साउन ५ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
रातिः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्नेछ ।

जसबाट तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here