पुनर्स्थापित संसदकाे पहिलो बैठक भाेलि, यस्ताे छ कार्यसूची

२ साउन, काठमाडौं
संघीय संसदका दुवै सदनको अधिवेशन भोलीदेखि सुरु हुंदैछ । सर्वाेच्च अदालतले संसद पुर्नस्थापित गर्न परमादेश जारी गरेपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपराह्न ४ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अधिवेशन आह्वान गरेकी छन् ।

सर्वोच्चले असार २७ गते प्रतिनीधिसभा पुर्नस्थापित गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । त्यसलगत्तै देउवा नेतृत्वको सरकार बनेको छ ।

संसदको भोली सुरु हुने अधिवेशनले प्रधानमन्त्री देउवालाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय गर्नेछ । देउवालाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको समर्थन छ ।

सबै तयारी पुरा

संसद सचिवालयले भोलीको बैठकका लागि सबै तयारी पुरा भएको जनाएको छ ।

बैठकअघि सांसदसहित ८ सय १ जनाको कोरोना परीक्षण समेत गरिएको छ । स्वास्थ्य मापदण्डको पालनालगायतका व्यवस्थासहित सबै तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।

सभामुख, सांसदहरु, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारहरूको एन्टिजेन परीक्षण गरिएकोमध्ये ३ जना कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको छ ।

संसद सचिवालयले भोलीको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

यस्तो छ कार्यसूची

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here