स्थायी कमिटी बैठक रोक्न ओली मानेनन्, नेपाल पक्षको प्रस्ताव अस्वीकार

२ साउन, काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

विघटित कार्यदलका सदस्यहरुसँगको भेटमा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राखेको स्थायी कमिटी बैठक रोक्ने प्रस्ताव अस्वीकार गरेका हुन् ।

ओलीले बैठकलाई सधै रोक्न नसकिने जवाफ दिएका छन् । उनले १० बुँदे सहमति अनुसार पार्टीमा आएर काम गर्न सुझाएका एमाले सचिव भीम आचार्यले जानकारी दिए ।

‘अहिले अनौपचारिक छलफल गरेर १० बुँदे कार्यान्वयनमा लैजानुपर्छ । त्यसको लागि तपाईँ र नेपाल बस्नुपर्छ भन्यौ । तर अध्यक्षले सधै बैठक रोकेर त कसरी हुन्छ र भन्नुभयो’ आचार्यले भने ।

अध्यक्ष ओलीले सोमबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । त्यसअघि आइतबारलाई स्थायी कमिटी बैठक डाकिएको छ ।

बिघटित कार्यदलका सदस्यहरु पार्टीभित्रको बढ्दो विवाद समाधान गरी पार्टी एकताका लागि कसरत गरिरहेका छन् । बिहान अनौपचारिक छलफल समेत गरेका उनीहरु ओलीलाई भेट्न साँझ बालकोट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here