ललितपुर महानगरद्वारा साढे पाँच अर्ब बजेट पारित

२ साउन, काठमाडौं
ललितपुर महानगरपालिकाले चालु आर्थिक बर्षका लागि ५ अर्ब ५५ करोड बढीको बजेट पारित गरेको छ ।

महानगरको छैटौं नगरसभाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ५ अर्ब ५५ करोड ५५ लाखको बजेट पारित गरेको हो । विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ९१ करोड ६१ लाख ५७ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ ३ अर्ब २४ करोड ३० लाख रुपैयाँ छुट्याइएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

विकास सूचकांकको आधारमा महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको उनले बताए । १३ वटा वडालाई सबैभन्दा बढी ३ करोड २५ लाख रुपैयाँ, आठवटा वडालाई २ करोड ५० लाख रुपैयाँ र सातवटा वडालाई २ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरपालिकाका अनुसार वडा नं १२, १६, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा ३ करोड २५ लाख, बडा नं २, ३, ४, ५, ९, १३, १५ र १७ मा २ करोड ५० लाख तथा वडा नं १, ६, ७, ८, १०, ११ र १९ मा २ करोड १५ लाखका रुपैंयाका दरले बजेट विनियोजन भएको छ ।

महानगरीय योजनाअन्तर्गत वडा नं ११ मा विद्युतीय शवदाह गृह निर्माणका लागि १ करोड, लगनखेलस्थित सप्तपातल र राजदलगण परिसरमा रहेको पोखरी निर्माणका लागि ५ करोड बजेट छुट्याइएको छ ।

महानगरपालिकाले चक्रपथमा स्मार्ट सडकबत्ती जडानका लागि ७ करोड र कोभिड–१९ विशेष कार्यक्रमका लागि ५ करोड रुपैंया छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here