२ साउन, काठमाडौं
पार्टीभित्र देखिएको विवाद समाधानका लागि बनाइएको नेकपा एमालेको बिघटित कार्यदलका सदस्यहरू बालकोट पुगेका छन् ।
विघटित कार्यदलका सदस्यसहित एमाले दोस्रो तहका नेताहरु पार्टीको विवाद मिलाएर एकताबद्ध गर्ने प्रयासमा छन् ।
शनिबार बिहान पनि अनौपचारिक छलफल गरेका कार्यदल सदस्यहरु पार्टीलाई एकढिक्का बनाउने अन्तिम कसरत गर्ने सहमतिसहित ओली निवास बालकोट गएका बुझिएको छ ।
शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले सहमतिका लागि तयार पारेको १० बुँदे प्रस्ताव अनुमोदन गर्दै कार्यदल विघटन गरेको थियो ।