घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न देउवाको निर्देशन

२ साउन, काठमाडौंप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

शनिबार बालुवाटारमा पार्टीको पदाधिकारी बैठक डाकेर देउवाले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य समेत रहेका घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत लगायत संलग्न कार्यकर्तालाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

बस्नेत नेतृत्वको टोलीले शुक्रबार विहान घिमिरेमाथि हातपात गरेको थियो । घिमिरेमाथिको आक्रमण पार्टीको अनुशासन विपरित रहेको निष्कर्ष निकाल्दै बैठकले बस्नेतसहितलाई २४ घण्टाभित्र स्पष्टीकरण लिई तीन दिनभित्र कारबाहीको टुँगो लगाउन पार्टी अनुशासन समितिलाई निर्देशन दिएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृण्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकले विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै क्रियाशील सदस्यता छानबिन समितिे काम गरिरहेको ठहरसहित सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्नेगरी मिति तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here