तालमा डुबेर युवक बेपत्ता

२ साउन, काठमाडौं
सर्लाहीको बागमती भरत तालमा डुबेर एक युवक बेपत्ता भएका छन् ।

साथीहरुसँगै तालमा माछा मार्न गएका बागमती नगरपालिका वडा नं. १ बस्ने १८ वर्षीय सुशान्त थापा डुबेर बेपत्ता भएका हुन् । शनिवार अपरान्ह ४ बजेतिर तालमा डुबेर बेपत्ता भएका थापाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरीले बताए ।

थापासँगै अन्य ६ जना युवा पनि तालमा माछा मार्न गएका बुझिएको छ । उनीहरु भने सकुशल बाहिर निस्किएका प्रहरीले जनाएको छ ।

बागमती नगरपालिकाले १ सय २१ बिघा क्षेत्रफलमा ताल निर्माण गरिरहेको छ । तालमा बागमती नदीको पानी ल्याएर हालिएको छ । यो तालमा माछा मार्नका लागि स्थानीयहरु पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here