माओवादी संसदीय दलको बैठक आइतबार बिहान बस्दै

२ साउन, काठमाडौं
संघीय संसदको अधिवेशन सुरु हुने भएपछि नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक डाकेको छ ।

आइतबार बिहान ११ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका छन् । बैठकमा समसामयिक राजनीतिक अवस्था र संसदमा खेल्ने भूमिकाबारे छलफल हुनेछ ।

आइतबार अपरान्ह ४ बजे संघीय संसदको बैठक बस्दैछ । त्यसअघि माओवादीले रणनीति तय गर्न पार्टी संसदीय दलको बैठक बोलाएको हो ।

यसअघि संसद बैठकमा कस्तो रणनीतिसहित प्रस्तुत हुने भन्नेबारेमा पार्टी अध्यक्ष प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल समेत गरेका थिए । प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here