२ साउन, काठमाडौं
संसद सचिवालयका तीन जना कर्मचारीको एन्टिजेन परीक्षणको नतिजा पोजेटीभ आएको छ ।
भोलीदेखि सुरु हुने संघीय संसदको अधिवेशनको तयारीका क्रममा सांसदसहित ८०१ जनामा कोरोनाको एन्टिजेन परीक्षण गरिएको थियो । एन्टिजेन परीक्षण गरिएकामध्ये तीन जन कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको संसद सचिवालयले जनाएको छ । बाँकी सबै ७ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
भोलिदेखि सुरु हुने संघीय संसदको अधिवेशनको तयारीका क्रममा सभामुख, सांसदहरु, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारहरूको परीक्षण गरिएको थियो । पोजेटिभ आएका तीन कर्मचारीलाई पिसिआर गर्न पठाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन् ।