२ साउन, काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।
नेता नेपाललाई भेट्न प्रचण्ड उनको निवास कोटेश्वर पुगेका थिए । पछिल्लो राजनीतिक अवस्थाबारे दुई नेतावीच छलफल भएको बुझिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड एमालेको नेपाल समूहलाई सरकारमा लैजाने तयारीमा छन् । नेपालसँग प्रधानमन्त्री देउवाले समेत केही दिनअघि कोटेश्वरमै छलफल गरेका थिए ।
भोलीदेखि पुर्नस्थापित संसद बैठक पनि बस्दैछ । संसद बैठकमा कस्तो रणनीतिसहित प्रस्तुत हुने भन्नेबारेमा पनि प्रचण्ड र नेपालवीच छलफल भएको स्रोतले बताएको छ ।