२ असार, काठमाडौं
जनता समाजवादी पार्टीले सरकारमा सहभागीताबारे छलफल गरेको छ ।
पार्टी कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जसपा संसदीय दलको बैठक बसेर शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागीताबारे छलफल गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।
उनका अनुसार बैठकमा भोली हुने संसद बैठकमा पार्र्टीले खेल्ने भूमिकाबारेमा पनि छलफल भएको छ । आजको बैठकमा १९ जना सांसद सहभागी भएका यादवले जानकारी दिए ।
जसपाले आधिकारिक विवाद टुंगिएपछि सरकारमा सहभागी हुने जनाएको छ ।