२ साउद, काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक डाकेका छन् ।
आगामी सोमबार बस्ने गरी ओलीले केन्द्रीय कमिटीको बैठक डाकेका हुन् । नेकपा एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।
त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ । स्थायी कमिटी बैठकले केन्द्रीय बैठकको एजेण्डा तय गर्ने तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि उपस्थित हुन खबर पठाइएको छ ।
नेपाल समूहले भने अध्यक्ष ओलीले बोलाएका यसअघिका बैठक बहिस्कार गर्दै आएको छ । गत शुक्रवार बसेको स्थायी कमिटी बैठकमा पनि वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी भएको थिएन ।