एमाले दोेस्रो तहका नेताहरु पार्टीभित्रको विवाद समाधान गर्न जुटे

२ साउन, काठमाडौं
नेकपा एमालेभित्रको जारी विवाद समाधानका लागि दोस्रो तहका नेताहरूले पुनः प्रयास थालेका छन् ।

पार्टीमा अन्तरविरोध बढेको भन्दै सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल गरेका छन् । असार २७ गते कार्यदलले प्रस्ताव गरेको १० बुँदे प्रस्तावलाई कार्यान्वयन गरेर पार्टी एकता जोगाउने विषयमा अनौपचारिक बैठक बसेर छलफल गरिएको एमालेका सचिव गोकर्ण विष्टले बताए ।

पार्टीलाई एकताबद्ध बनाउनको लागि आफूहरु लागिपरेको भन्दै विष्टले कुनैपनि हालतमा एकता जोगाउने बताए । गत जेठ २ गते एमाले एकताका लागि अध्यक्ष केपी शर्मा ओली र नेता नेपालले दुवै पक्षका पाँच–पाँच जना सहभागि कार्यदल गठन गरेका थिए ।

विवाद समाधानका लागि गठित उक्त कार्यदलले पेश गरेको १० बुँदे प्रस्ताव अनुमोदन गर्दै शुक्रबार स्थायी कमिटी बैठकले अनुमोदन गरी कार्यदल भंग गरेको थियो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने सहभागी भएको थिएन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here