संसद अधिवेशनको लागि तयारी गर्दै सचिवालय

२ असार, काठमाडौं ।

प्रतिनिधि र राष्ट्रियसभा दुवैको बैठक आह्वान भएपछि संसद सचिवालयले तयारीलाई तिव्र बनाएको छ ।

आइतबारबाट दुवै सदनको अधिवेशन सुरु हुने भएपछि संसद् सचिवालयले आइतबार बिहानसम्ममा सबै तयारी पूरा गर्ने जनाएको छ ।

संसद्को अधिवेशन आइतबार ४ बजे आह्वान भएको छ । यद्यपि प्रतिनिधिसभा र राष्ट्रिय सभामा सत्ता पक्ष र प्रतिपक्षको सिट छुट्याउने र सबै सांसदको कोरोना परीक्षण गर्ने कार्य अझै बाँकी छ ।

प्रत्येक सांसदको दुई सिटको फरकमा भौतिक दूरी कायम गरेर बैठक बस्ने व्यवस्था भने मिलाइ सकिएको संसद् सचिवालयले जानकारी दिएको छ । जसबाट प्रतिनिधि सभामा २९ जना सांसदलाई दर्शक दिर्घामा राखिने भएको छ ।

‘कांग्रेस र माओवादी र ओली समूहको एमाले बाहेक अन्य दलको कित्ता स्पष्ट भएको छैन । त्यसैले हामीले आइतबारसम्म सिट व्यवस्थापन गर्ने कार्य बाँकी राखेका छौं,’ संसद् सचिवालयका एक अधिकारीले भने । शुक्रबारदेखि सांसदहरू र संसद सचिवालयलका कर्मचारीको कोरोना परीक्षण गर्न सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here