भारतीय भेटेरन एक्ट्रेस सिकरीको निधन

२ साउन, काठमाडौं ।

भारतकी भेटेरन एक्ट्रेस तथा तीन पटक भारतको नेशनल एवार्ड पएकी सुरेखा सिकरीको शुक्रबार ७५ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय मिडियाका अनुसार ५० वर्षसम्म अभिनयमा सक्रिय उनी ‘बालिका बधु’ नामक टेलिसिरियलबाट कल्याणीदेवीको भुमिका निर्वाह गरेपछि निकै चर्चामा आएकी थिइन् ।

उनले आफ्नो जीवनकालमा तीन पटक नेशनल एवार्ड पाइन् । सन् १९८८ मा ‘तमस’बाट र १९९५ मा ‘मम्मो’ बाट सहायक कलाकारको रुपमा एवार्ड पाएकी उनले सन् २०१८ मा फिल्म ‘बधाई हो’ बाट नेसनल एवार्ड जितेकी हुन् ।

सन् १९७८ मा बनेको हिन्दी चलचित्र ‘किस्सा कुर्सी’ बाट उनको करिअर सुरु भएको थियो । यसपछि उनले तमस, सलीम लंगडे पे मत रो, सरदारी बेगम, सरफरोश, मम्मो हरी–भरी, जुबैदा, मिस्टर एण्ड मिसेज अ‍ैयर, रेनकोटलगायतका फिल्ममा अभिनय गरेकी थिइन् ।

टेलिश्रृङ्खलामा बालिका बधुको अतिरिक्त एक था राजा एक था रानी, परदेश मे है मेरा दिल, सात फेरे, बनेगी अपनी बातलगायतमा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here