१ साउन, कैलाली ।
जिल्लामा खोलामा बगेर एक किशोरीको मृत्यु भएको छ ।
बिहीबार गोदावरी नगरपालिका ६ की १८ वर्षीया आरती घर्ती मगरको सोही ठाउँको गौरीदेवी खोलामा नुहाउने क्रममा बगेर मृत्यु भएको हो ।
प्रहरीले उनी बगेको स्थानबाट केही तल शव फेला परेको जनाएको छ ।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले किशोरी बगेर बेपत्ता भएको सूचना पाउनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्दा किशोरी मृत अवस्थामा फेला परेको बताए ।