देउवा आज बालुवाटार सर्दै

१ साउन, काठमाडौं ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

शुक्रबार बिहान ९ः५७ बजे देउवा बालुवाटार सर्न लागेका हुन् ।

गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आएका थिए । देउवाको सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार बिहान देउवा सरकारी निवास सर्न लागेका हुन् ।

यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेका थिए । ओली निजी निवास बालकोटमा बसोबास गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here