विप्लव र प्रचण्डबीच ५ वर्षपछि भेटघाट

३१ असार, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच ५ वर्षपछि भेट भएको छ ।

प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र विप्लवबीच बुधबार झण्डै डेढ घण्टा छलफल भएको थियो । भेटमा समसामियक विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

प्रचण्ड र विप्लवबीच भेट नभएको पाँच वर्षभन्दा बढी भइसेकेको थियो । २०६९ सालमा प्रचण्ड नेतृत्वको एकीकृत माओवादी केन्द्रबाट तत्कालीन उपाध्यक्ष मोहन वैद्यसँगै विप्लव पनि छुट्टिएका थिए ।

त्यसयता प्रचण्ड र विप्लवबीच बिरलै भेट भएको थियो । विप्लवसँगै धर्मेन्द्र वाँस्तोला पनि खुमलटार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here