देउखुरीमा बाढीको सम्भावना

३१ असार, काठमाडौं ।

बाढी पूर्वानुमान महाशाखाले दाङको देउखुरी क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आज बिहान लगातार ३ घण्टाभन्दा लामो समयदेखि उक्त क्षेत्रमा भारी वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ ।

उक्त क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा दिउँसोसम्मै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै डोटीको खुटिया खोला मुदिभारमा आकस्मिक बहाव भई जलसतहले खतरा तह पार गरेकाले तटीय क्षेत्रहरूमा दिउँसोसम्म सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आगामी २४ घण्टा देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर–पश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले साथै प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित धेरै भारी वर्षाको सम्भावना पनि रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :

२०७८ असार ३१ गते (बिहीबार)
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र सुदूर–पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ साउन १ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूर–पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ साउन २ गते (शनिबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here