म गठबन्धनबाट बाहिरिएको छैन : माधवकुमार नेपाल

३१ असार, काठमाडौं ।

एमाले नेता माधवकुमार नेपालले आफू विपक्षी गठबन्धनबाट नबाहिरिएको स्पष्ट पारेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपा एमालेमा ओली र नेपाल पक्षबीच १० बुँदे सहमति भएसँगै नेपाल पाँच दलीय गठबन्धनबाट बाहिरिएको चर्चा थियो । तर यसबारे स्पष्ट पार्दै नेता नेपालले भने, ‘मैले हाम्रो पार्टीमा १० बुँदे समझदारी भएको छ, पार्टी एकताको प्रयास भइरहेको छ, यो परिस्थितिलाई तपाईहरुले बुझिदिनुपर्छ भन्दा कसरी गठबन्धनबाट बाहिरिएको हुन्छ ?’

नेता नेपालले गठबन्धनबाट आफूले बाहिरिएको घोषणा नगरेको स्पष्ट पारे । आफू गठबन्धनबाट बाहिरिएको भन्दै कतिपय विश्लेषकले माधव नेपाल धोकेबाज हुन् भनेको प्रति उनले आपत्तिसमेत जनाए ।

बुधबार नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपालको भूमिकाको उच्च प्रशंसा गरेका थिए ।

नेता नेपालले राष्ट्रिय एकताको कुरा गरेको भन्दै प्रधानमन्त्री देउवाले अब नेकपा एमाले पनि सरकार सहभागी हुने अपेक्षा गरेका थिए । नेपालसँगको भेटपछि प्रधानमन्त्री देउवा आफूले प्रतिनिधिसभामा विश्वासको मत पाउनेमा ढुक्क बनेर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here