३१ असार, काठमाडौं ।
पाकिस्तानमा बम बिस्फोट हुँदा ९ जना चिनियाँसहित १२ जनाको मृत्यु भएको छ ।
बुधबार खाइबर पख्तुनख्वा प्रान्तको दसु हाइड्रो पावर प्लान्टनजिकै भएको बिस्फोटमा परी ९ जना चिनियाँ इन्जिनियरसहित १२ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ ।
प्रान्तका डेपुटी कमिसनर अरिफ खान युसाफजाइका अनुसार बुधबार बिहान साढे ७ बजे बिस्फोट भएको थियो । जब चिनियाँ इन्जिनियरसहित ३० जना कामदार बस चढेर बरसिन क्यामबाट प्लान्ट साइट जाँदै थिए ।
उनले बसमा इन्जिनियरबाहेक दुई फ्रन्टियर कोर्प्स पर्सनल र स्थानीय कामदारहरू पनि थिए । बिस्फोटमा घाइते भएकाहरूलाई दस्सु ग्रामीण स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
बिस्फोट के कारणले भएको भन्ने बारेमा अहिलेसम्म खुलिनसकेको एक प्रहरी अधिकृतले बताए ।
चीनले पनि घटनाको विस्तृत रूपमा अनुसन्धान गर्न अनुरोध गरेको छ। घटनाको खेद जनाउँदै विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले अपराधीहरूलाई कडा कारबाही गर्न पाकिस्तानलाई अनुरोध गरेको छ ।
अहिलेसम्म बिस्फोटको जिम्मा कसैले लिएका छैनन् । (एजेन्सी)