एमालेको अवरोधका कारण बजेट पारित हुन नसकेपछि कर्णालीको अधिवेशन अन्त्य

३१ असार, सुर्खेत ।

कर्णाली प्रदेश सभाको आठौं अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गए राति १२ बजेदेखि चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले बताए ।

सरकारले अब अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ ।

नेकपा एमालेका सांसदहरूले लगातार प्रदेश सभा अवरूद्ध पारेपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ ।

कएमाले सांसदहरूले प्रदेश सभा अवरूद्ध गरेपछि बजेट पारित हुन सकेको थिएन ।

सरकारलाई साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको भन्दै मुख्यमन्त्री शाहीले अध्यादेशबाट भए पनि बजेट ल्याउने तयारी गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here