ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

३० असार, रौतहट ।

खेत जोतेर फर्किएको ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

जिल्लाको देवाही–गोनाही नगरपालिका–४ स्थित लालबकैया नदीको बाँधमा सोमबार राति ना.४त १५०७ नम्बरको ट्र्याक्टर ११ः५५ बजेको समयमा दुर्घटना भएको थियो ।

चारजना सवार उक्त ट्याक्टरमा कवीन्द्र पटेल र गोविन्दा पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका राकेश पटेलको अवस्था पनि गम्भीर रहेको र उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई पटेलद्वयको सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here