मोटरसाइकल चोरी र लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा ३ जना घुमुवा प्रहरी निलम्बित

३० असार, दाङ ।

मोटरसाइकल चोरी र लागूऔषध कारोबारमा संलग्नता पुष्टि भएपछि दाङमा कार्यरत तीनजना घुमुवा प्रहरी निलम्बनमा परेका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बनमा परेका हुन् ।

त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालाकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागूऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि निलम्बनमा परेका छन् ।

केसी, विक र पुनलाई पक्राउ पछि जिल्ला प्रहरी कार्यालय घोराहीमा थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । संगठनको आचरणविपरीत मोटरसाइकल चोरी र लागूऔषध कारोबारीसँग मिलेमतो देखिएपछि तीन जना घुमुवा प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here