२९ असार, काठमाडौं ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार साँझ ६ बजे पद तथा गोपनियताको शपथ लिँदै छन् ।
प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम मंगलबार साँझ ६ बजेका लागि राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सर्वोच्च अदालतको परमादेशपछि कांग्रेस सभापति देउवा आजै प्रधानमन्त्री नियुक्त भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।