देउवा पाँचौ पटक देशको प्रधानमन्त्री बने, शपथको तयारी

२९ असार, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

यससँगै देउवा पाँचाै पटक मुलुककाे प्रधानमन्त्री बनेका छन् ।

नवनियुक्त प्रधानमन्त्री देउवाले आजै शपथ लिने कार्यक्रम पनि रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको शपथ ग्रहणका लागि आवश्यक तयारी भइरहेको छ ।

यसअघि सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here