२९ असार, काठमाडौं ।
नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । मंगलबार दिउँसो २ बजे बस्ने तय भएको बैठक बिहिबारको लागि सरेको छ ।
सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका थिए ।
सभापति देउवा सरकार गठनका सम्बन्धमा आफ्नै पार्टी, माओवादी र जसपासँगको छलफलमा व्यस्त हुनु परेकाले पदाधिकारी बैठक सरेको पार्टीले जनाएको छ ।
सर्वोच्च अदालतको आदेश अनुसार देउवाले मंगलबार बेलुका प्रधानमन्त्रीको शपथ लिँदै छन्। उनले सानो आकारको मन्त्रीमण्डल पनि बनाउने तयारी छ।