अढाइ सय किलोग्राम गाँजा बरामद, कन्टेनर चालक फरार

२९ असार, पर्सा ।

वीरगञ्जबाट प्रहरीले २ सय ५० किलो लागु औषध गाँजा बरामद गरेको छ । वीरगञ्ज–२४ स्थित आईसीपी जाने सडकबाट गाँजा बरामद गरेको हो ।

एच आर ५५ एम २२०९ नम्बर भारतीय कन्टेनरमा आइसीपी हुँदै गाँजा भारततिर लैजाँदै छ भन्ने सूचनाको आधारमा प्रहरी टोलीले गाजा सहितको कन्टेनर बरामद गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनका अुनसार २३ वटा प्याकेटमा रातो प्लाष्टिकले बेरेर राखिएको गाजा सहितको कन्टेनर बरामद गरेको हो । ‘आईसीपी हुँदै गाजा भारततर्फ लगिँदै छ, भन्ने सूचना आएको थियो,’ उनले भने, ‘भारतीय कन्टेनर नियन्त्रणमा लिएर चेकजाँच गर्दा २३ वटा पोकामा २ सय ४७ किलो गाजा फेला प¥यो । चालक भाग्न सफल भए ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here