पेस्तोलसहित सिरहाबाट दुई जना पक्राउ

२९ असार, सिरहा ।

इटालियन पेस्तोलसहित जिल्लाको गोलबजार नगरपालिकाबाट दुईजनालाई पक्राउ परेका छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका ९ बाट सोमबार उनीहरुलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १० बस्ने २६ बर्षीय रामकुमार यादव र २२ बर्षीय रुपेश यादव छन् ।

शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट इटालियन पेस्तोल एक थान, म्यागेजिन १ थान र टाइप ७७ लेखिएको गोली २ राउण्ड बरामद भएको बुढाथोकीले बताए ।

दुबैलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here