विपक्षी गठबन्धनबाट बाहिरियो एमालेकाे माधव नेपाल समूह

२८ असार, काठमाडौं
नेकपा (एमाले) को माधव नेपाल समूह विपक्षी गठबन्धनबाट बाहिरिएको छ ।

आज अपरान्ह बसेको विपक्षी गठबन्धनको बैठकमा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले गठबन्धनमा बस्न नसक्ने जानकारी गराएका छन् । सर्वोच्च अदालतले संसद पुर्नस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएलगत्तै नेता नेपालको निवास कोटेरश्वर नजिकै गठबन्धनको बैठक बसेको थियो ।

नेपाल पक्षका नेता रघुजी पन्तका अनुसार पार्टी एकता प्रक्रिया अघि बढेको, अहिलेसम्म लोकतन्त्र र संविधानको रक्षाका लागि आफूले साथ दिएको र परिस्थिती फेरिएकाले गठबन्धनमा रहन नसक्ने जानकारी बैठकमा गराएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न खोजेको भन्दै एमालेको नेताल समूह विपक्षी गठनबन्धनमा गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here