अदालतको फैसलाले संविधानलाई ट्रयाकमा ल्याएको छः शेरबहादुर देउवा

२८ असार, काठमाडौं

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको बताएका छन् ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेपछि एक विज्ञप्ति जारी गर्दै उनले यो फैसलाले स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको समेत बताएका छन् ।

‘सम्मानित सर्वोच्च अदालतले नेपाली कांग्रेसलगायत ५ दलले दर्ता गरेको रिट निवेदनउपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु’ देउवाले भनेका छन् ।

लोकतन्त्र र संविधानको रक्षा गदै देश र जनताको हितमा उपयोग गरेर जानुपर्ने देउवाको भनाई छ । ‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ’ विज्ञप्तिमा भनिएको छ ।

काग्रेस सभापति देउवाले यसलाई कसैले पनि व्यक्तिगत जीत हारको बिषयका रुपमा नलिन अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here