२८ असार, चितवन ।
सुख्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड सोमबार बिहानैदेखि अवरुद्ध भएको छ ।
आज बिहान करीब साढे ४ बजेतिर इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुख्खा पहिरो गएको थियो । जसले उक्त सडक दुईतर्फी अवरुद्घ भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।